5
(1)

नेपाली संगीतको क्षेत्रमा नयाँ उत्सवको सुरुवात गर्दै, उर्गेन दोङ र र्यापर चारचिटको नयाँ म्युजिक भिडियो “दशैं लाग्यो” सार्वजनिक भएको छ। “दशैं लाग्यो” गीतले नेपाली संस्कृति र परम्पराको महत्त्वलाई उजागर गरी दशैं पर्वको खुसी, एकता, र परिवारको मूल्यलाई महत्व दिइएको छ।

उर्गेन दोङको ७११ हजार सब्सक्राइबरको संख्या रहेको च्यानलमा यो गीत उपलब्ध भएको छ। गीतका लागि लेखन उर्गेन र चारचिटले गरेका छन् भने संगीतको संयोजन पनि उर्गेनले गरेका छन्। यो गीतमा उर्गेन डोंगले गाएको छ र चारचिटले र्याप गर्दै छन्।

म्युजिक भिडियोमा दुर्गा लामा मोक्तान, पासाङ लामा, लकी लामा, मनीला राना, बिजय डोंग, निमाल लामा र साहदेव तामाङको अभिनय रहेको छ। भिडियोको छायांकन, सम्पादन र रंगको काम जितु तामाङले गरेका छन्।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply