5
(1)

चर्चित र्यापर लाहुरे अर्थात आशीष रानाको नया गीत “बिरामी” सार्वजनिक भएसंगै चर्चामा आएको छ।

यूटूबमा सार्वजनिक भएको दोश्रो दिन दश लाख नजिक हेरीएर ट्रेण्डमा रहेको यो गीत लाहुरेले आफू लागु औषधको कुलतमा रहेको बेला तीन बर्ष अगाडी लेखेको योहो टेलिभिजनलाई दिएको हालैको एक अंतरवार्तामा बताएका छन।

केही महिनादेखी लागु औषधको कुलतबाट सम्पूर्ण रूपमा अलग रही सुधारको प्रक्रियामा गएको लाहुरेले बताएका छन। समाजले लागु औषधको कुलतबाट छूटेका युवापुस्तालाई अझ पनि माया भन्दा पनि भेदभावको आखाले हेरेकोले सो को बदलावको लागि आफू सचेतनाको लागि क्रियाशील भएको समेत उनले सो अन्तरवार्तामा बताए।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.