5
(1)

पछिल्लो शुक्रबारबाट हलहरुमा प्रदर्शनमा आएको चलचित्र “पानीफोटो” को गीत “ए तारे भिर ” यूटूबमा हालै सार्वजनिक भएको छ। आभाषको शब्द संगीत रहेको यो गीतमा बानिका प्रधानको कर्णप्रिय स्वर रहेको छ।

खगेन्द्र लामिछानेको लेखन, अभिनय र निर्देशनमा आएको चलचित्र पानीफोटोमा फूलबट्टे सारी बोलको गीतबाट चर्चामा आएकी मलिका महत, अनुप बराल र मेनुका प्रधानको अभिनय समेत शशक्त रहेको बताईएको छ।

नाट्य क्षेत्रबाट आएर कलात्मक फ़िल्महरुको अभिनयमा पोख्त खगेन्द्र अभिनित “पशुपतिप्रसाद” चलचित्रले उल्लेख्य सफलता सहित उनलाई सिने क्षेत्रमा चिनाएको थियो। अब उनलाई निर्देशनको समेत सफलता यो साता पानीफोटो हेर्ने दर्शकको भिड़ले निधो गर्ने छ । पानीफोटोलाई ब्यबसाहिक सफलताको शुभकामना।

हलहरुमा प्रदर्शनमा रहेको ‘पानीफोटो’ चलचित्रको ट्रेलर।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.