5
(1)

नेपाली भाषी भारतीयहरु बिच सुपरिचित नाम हो अनमोल गुरुङ।

नेपाली चलचित्र निर्माण निर्देशनमा सक्रिय कालीम्पुङ निवासी अनमोलका गीतहरु समेत अत्यन्त रुचाईएका छन।

उनको “नछोड मायालु” बोलको गीत केही साता अघि यूटूबमा सार्वजनिक भएको थियो।

सिलीगुड़ीको क्याफे वर्लिंनमा प्रत्यक्ष गाईएको यो गीतमा अनमोललाई सानिध्य थापा र सुमी गदालले साथ दिएका छन।

स्टयांड अप कामेडी पनि उत्तिकै पोख्त गर्ने अनमोलको केही महीना अगाडी आएको “तिम्रो मुस्कानले” बोलको गीत समेत हालसम्म यूटूबमा छ लाख पटक हेरीएर चर्चामा छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.