महान पर्व तिहारलाई लक्षित गर्दै कमल सरगम पोडकास्टको आधिकारिक युट्युब च्यानलबाट नयाँ साङ्गीतिक सौगात ‘देउसी भैलो चलेको रीति’ सार्वजनिक भएको छ।
करिब ६ वर्षको अन्तरालपछि साङ्गीतिक क्षेत्रमा फर्किएका स्रष्टा कमल सरगम चौलागाईंको शब्द रचना र लोक स्वर सम्राट राजु परियारको सङ्गीत रहेको यस गीतमा नेपाली साङ्गीतिक क्षेत्रका दर्जनौँ ख्यातिप्राप्त कलाकारहरूको सशक्त स्वर रहेको छ।
गीतमा राजु परियार, शिला आले, बद्री पंगेनी, रिता थापा मगर, एलिना चौहान, खुमन अधिकारी, दीपिका बयम्बू मगर, बुद्धि परियार, सुस्मिता विश्व र स्वयम् कमल सरगमले आफ्नो सुमधुर स्वर दिएका छन्।
मौलिक संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले तयार पारिएको यस देउसी भैलो गीतले रिलिज लगत्तै दर्शक तथा श्रोताबाट अत्यधिक सकारात्मक प्रतिक्रिया छ।

Add comment