5
(1)

नेपाली चलचित्र क्षेत्रको सफल फ्रान्चाइज ‘कबड्डी’ को पाँचौँ श्रृंखला ‘कबड्डी ५’ चाँडै प्रदर्शनमा आउने तयारीमा छ।

रामबाबु गुरुङको निर्देशन र बाँसुरी फिल्म्सको निर्माणमा बनेको यो बहुप्रतीक्षित चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकमाझ उत्साह थप्न यसको पहिलो गीत ‘थाक खोला’ सार्वजनिक गरिएको छ।

ऋकेश गुरुङको संगीत संयोजन रहेको गीत सार्वजनिक भएसँगै दर्शक तथा संगीतप्रेमीहरूबाट अत्यधिक सकारात्मक प्रतिक्रिया पाइरहेको छ। ‘कबड्डी ५’ ले अघिल्ला श्रृंखलाहरू जस्तै हलमा नयाँ रेकर्ड राख्ने अपेक्षा गरिएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply