0
(0)

नजिकिँदै गरेको दशैँ तथा तिहारलाई लक्षित गर्दै नयाँ मर्मस्पर्शी लोकगीत ‘लाहुरेको दशैँ तिहार’ सार्वजनिक गरिएको छ। सन्तोष परियारको ओफिसियल युट्युब च्यानलमार्फत दर्शकसामु ल्याइएको यस गीतमा अञ्जिता विश्वकर्मा, सन्तोष परियार र ज्ञानु परियारको सुमधुर स्वर सुन्न सकिन्छ।

हुम गैरेको शब्द, संगीत तथा निर्देशनमा तयार पारिएको यस गीतले चाडपर्वका बेला देश/ परदेशमा रहेका नेपाली (लाहुरेहरू) को पीडा, घरपरिवारप्रतिको सम्झना र पारिवारिक भावनालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ। भिडियोमा जूना गुरुङ, सन्तोष परियार र रितिका परियार लगायतका कलाकारहरूको जीवन्त अभिनय रहेको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply