5
(1)

आज सार्बजनिक भएको गीतको बोल छ- “भिटामिन यु”। हो यसको कमीले माया प्रेममा समस्या पर्ने कुरा गीतमा आएको रहेछ। के यो सही हो, रचनाकार कृष्ण केसीलाई यसबारे केही थाहा पक्का होला। चर्चित नायक पल शाह, गायक मोडेल दुर्गेश थापा, गरिमा शर्मा नाचेर भिटामिन यु बारे र यसको महत्वबारे पनि थाहा पाए होला।

हजुर गीतले औषधिको काम गर्यो भने जस गायक गायिका, संगीतकारलाई पनि दिनु पर्यो! सर्वाधिक महँगो गायिका बिष्णु माँझी र अर्का चर्चित गायक कुलेंद्र विश्वकर्माको स्वरमा संगीत भरेका छन हरि लम्सालले।

यि गायक गायिका जोड़ीले “सालको पातको टपरी” बोलको गीत चर्चामा ल्याएका हुन जून यूटूबमा छ करोड़माथि हेरीएको छ। गायिका माँझी हालसम्म सार्बजनिक जीवनमा नदेखीएको बारे नायक पल शाहले क्यानडा नेपाल यूटूब चैनलसंगको अंतरवार्तामा भनेका छन -“दिदीलाई भेटेर नेपाली लोक संगीतमा गरेको योगदानको लागि धन्यबाद दिन चाहन्छु।”

“दिदीलाई भेटेर नेपाली लोक संगीतमा गरेको योगदानको लागि धन्यबाद दिन चाहन्छु।”

नायक पल शाह

मौसम हिमालीको निर्देशनमा बनेको “भिटामिन यु” म्यूज़िक भिंडियों यूटूबमा एक लाख माथि हेरीएको छ। अब दर्शकलाई पनि भिटामिनले असर देखाउछ की ? प्रतीक्षा गरौ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.