“मिनरल बाटर” गीतमा निकै मन पराईएको स्वर “पानी पधेरोमा” दोहोरियो। यो साता फेरी “छेकेर माया छेकिन्न” गीत मार्फ़त यो जोडी चर्चामा आएको छ। अहिले एकदम व्यस्त गायिका एलिना चौहान र गायक भीम बिष्टको स्वरमा आएको यो गीत ४ लाख यूटूब भ्यूज सहित दर्शकको मन पराईमा परेको छ। दिनेश थपलियाको शब्द र गायक बिष्टकै संगीत रहेको यो गीत गज्जब टिभी यूटूब चैनलमा सार्वजनिक भएको थियो ।