5
(1)

चर्चामा रहेका गायिकाद्वय एलिना चौहान, रचना रिमाल साथै गायकद्वय भीम बिष्ट, जिबेश गुरुंगले गाएको “मिनरल बाटर”बोलको दोहोरी गीत सार्बजनिक भएको छ। यूटूबमा रिलीज़ भएको १ दिनमा २ लाखपटक भ्यूज भएको यो गीतको शब्द, संगीत श्रीजना पनि गायक बिष्टकै हो ।

दोहोरी गीतमा अंग्रेज़ी शब्द घुसाएको यो गीत पहिलो नहोला । केही शब्द चलेको नै छ । सामान्य जनजिब्रोमा आइनसकेको आयातित ३-४ शब्द एक़ै हरफमा सुन्दा श्रोतालाई भारी बढ़ी होला । जसले गीतको लोकप्रियता असर त गर्ने नै छ । त्यसै लोक /दोहोरी गीत सुन्नेहरू बढ़ी ठेट नेपाली शब्द रुचाउछन । लक्षित श्रोताले बुझ्ने भाषा छनौटले गीत कति लोकप्रिय हुदैछ, अलि अलि अड़कल गर्न पनि सकिएला ।

जसको लागि “मिनरल बाटर” गीतकै एक गायिका एलिना चौहानको अर्कों गीत सुन्दा थाहा होला । उनको स्वर रहेको “के माया लाग्छ र ?” बोलको गीत रीलिज़ भएको ६-७ हप्तामा १ करोड़ यूटूब भ्यूज हुदैछ। सो गीतमा हर्क साउदले लेखेका ठेट नेपाली शब्द अहिले सबैको मुखमा झुण्डीएको छ, जस्तै –“उख़ुमै लाग्छ नि , हुरहुरी आउछ नि, गुटुगंटुटुगं भगाई ।”

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.