5
(3)


धरान समाचारदाता। सामुदायिक बिधालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूद्वारा संचालित शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. को क्षेत्रीय भेला तथा चौधौं बार्षिक साधारण सभा शहीद स्मृति मा.बि. धरानमा एक कार्यक्रमका साथ सम्पन्न भएको छ।

राष्ट्रीय गान एवम् शहीद प्रति मौनधारणबाट शुरू भएको कार्यक्रममा स्वागत मन्तब्य सन्चालक समिति सदस्य पुरूषोत्तम शर्मा निरौलाले गर्नुभएको थियो भने शुभकामना मन्तब्य शिक्षा सदन स्कूलका प्रधानाध्यापक अमर बस्नेतले गर्नुभएको थियो। उक्त कार्यक्रमको माईन्युट समितिमा गोपाल थापा, पुरूषोत्तम खतिवडा, महेन्द्र भट्टराईले छलफलको बिषयवस्तु साधारणसभामा प्रस्तुत गर्नुभएको थियो।

शिक्षक राजन बनद्वारा संचालित क्षेत्रिय भेला तथा साधारण सभाको समापन सस्थाको आफ्नै कार्यालय इनरूवामा २८ गते बस्ने गरी क्षेत्रीय भेला तथा साधारण सभा सम्पन्न भएको छ।कार्यक्रममा कलाकार प्रफुल्ल भण्डारीले सहकारी सम्बन्धि गित प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको सभापतित्व कार्यबाहक सभापति रामबहादुर बिष्टले गर्नुभएको थियो।कार्यक्रममा नारायण प्रसाद सुबेदि, सन्चालक समिति सदस्य बद्री कार्कि, पुरूषोत्तम शर्मा निरौला, प्रधानअध्यापकहरूमा गङगाप्रसाद धमला, गोपाल थापा, रबिन्द्र सुबेदी, अमर बस्नेत, उमेश गुरागाई, नेपाल रास्ट्रीय शिक्षक सङगठन धरान अध्यक्ष बुद्दसागर सुबेदिको उपस्थित रहेको थियो।साथै भरत खत्री, ओम कुमार राई, गोपाल पौडेल, बेणु काफ्ले तथा प्रभु चौधरीको पनि उपस्थित रहेको थियो ।

Average rating 5 / 5. Vote count: 3

No votes so far! Be the first to rate this post.