0
(0)

निर्देशक तुलसी घिमिरेको बहुप्रतिक्षित चलचित्र ‘पहाड’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले हलहरूमा सुखद व्यापार गरिरहेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको रिपोर्ट अनुसार, ५ दिनमै ४६ लाख ७६ हजार भन्दा बढीको व्यापार गरेर यसले बक्स अफिसमा आफ्नो बलियो उपस्थिति देखाएको छ।

विशेष गरी चलचित्रको मुख्य गीत “मोहनी लगाउने” दर्शकहरूको मुखमा झुण्डिन सफल भएको छ। दिग्गज संगीतकार रञ्जित गजमेरको संगीत रहेको यस गीतमा भारती घिमिरे र अस्मिता अधिकारीका साथै मदन कृष्ण श्रेष्ठ र विपिन कार्कीको समेत स्वर रहेको छ। युवा पलायनका कारण रित्तिँदै गएका पहाडका सामाजिक र आर्थिक समस्यालाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको यो चलचित्र अहिले पारिवारिक दर्शकहरूको पहिलो रोजाइ बनेको छ।

तुलसी घिमिरेको सिग्नेचर शैली, रञ्जित गजमेरको क्लासिक संगीत र मदन कृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, सुनिल थापा जस्ता लेजेन्ड कलाकारहरूको उपस्थितिले ‘पहाड’ लाई दोस्रो सातामा पनि प्रमुख मल्टिप्लेक्सहरूमा उच्च अकुपेन्सी दिलाएको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply