नेपाली रजतपटका भर्सटायल अभिनेता विपीन कार्की र सुन्दरी अभिनेत्री केकी अधिकारीको केमेस्ट्री फेरि एकपटक पर्दामा देखिने भएको छ। चलचित्र ‘काजी’ को नयाँ गीत ‘वारी बर पारी पीपलु’ ले अहिले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ।
मौलिक लय र सुमधुर शब्दले सजिएको यस गीतमा रचना रिमाल र प्रशान्त सिवाकोटीको स्वरले जादु भरेको छ। भिडियोमा विपीन र केकीसँगै उदाउँदो तारा गरिमा शर्माको आकर्षक उपस्थिति देख्न सकिन्छ। सुन्दर लोकेशन र मौलिक परिवेश समेटिएको यो गीतले दर्शकलाई चलचित्रप्रति थप उत्साहित बनाएको छ। काली प्रसाद बास्कोटाको संगीतले सधैं झैं यसपटक पनि दर्शकलाई गुनगुनाउन बाध्य पारेको छ।

Add comment