नेपाली चलचित्र जगतका ‘आइकनिक’ जोडी दयाहाङ राई र सौगात मल्ल फेरि एकपटक ‘मितज्यू’ बनेर पर्दामा फर्किएका छन्। चलचित्र ‘मितज्यू’ को नयाँ गीत “भुन भुन माहुरी” सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह थपिएको छ। यो गीतमा सौगात मल्लको ऊर्जावान नृत्य र दयाहाङ राईको स्वभाविक अभिनयले दर्शकको ध्यान खिचेको छ।
कृष्ण बीके भान्जाको एरेन्ज रहेको यस गीतमा तेरिया फौन्जा मगरको नृत्यले थप रौनकता थपेको छ। सार्वजनिक भएको केही दिनमै २ लाखभन्दा बढी पटक हेरिएको यस गीतले नेपाली मौलिकपन र आधुनिक प्रस्तुतिका कारण सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा श्रीकृष्ण बम मल्ल र लक्ष्मी मल्लको स्वर रहेको छ। गीतको शब्द र संगीत पनि श्रीकृष्ण बम मल्लकै रहेको छ।

Add comment