5
(1)

गन्धर्व परिवारको स्वरमा सारंगीको धुनमा समेटेर आएको “जोडी परेवा” बोलको गीत यो साता चर्चामा छ।

यूटूबमा नौ लाख पटक हेरीसकेको यो गितमा कलौटे, मुसी, बिराज र मिलन गन्धर्वको स्वर रहेको छ। यति मिठो स्वर खोजेर आम दर्शकहरूलाई बाडेका हुन, यो गीतका रचनाकार एवम संगीतकार बि बि अनुरागीले।

कसरी गन्धर्व परिवारसंग भेंट भयों सो को बारे संगीतकार बि बि अनुरागीले यसै गीत सार्बजनिक भएको उनको यूटूब चैनलमा उल्लेख गरेका छन्- ” A-One Television मा संचारकर्मी मित्र अमृतमान ओली ज्यु संग उहाहरुले दिनुभएको अन्तर्बार्ता देखे पछि सुने पछि यो परिवार लाई एक चोटी आफ्नो स्टुडियोमा ल्याएर रेकर्ड गराउने ईच्छा व्यक्त गरेको हुँ ।मेरो प्रस्तावलाई सहर्ष स्वीकारी स्टुडियो सम्म आएर यो गीत रेकर्ड गराउनु भएकोमा यो परिवार तथा आउन सहयोग गर्नुहुने मित्र अमृतमान वली ज्यु प्रति सदा आभारी छु ।”

“बर्षौं देखि सारंगी रेट्दै,गाउँबस्ती चाहर्दै आफ्नो साँझ बिहानको छाक गुजारा गर्दै आएको यो मुसी कलौटे परिबारमा आम जनमानसलाई स्वच्छ मनोरञ्जन दिन सक्ने अथाह कलाको भन्डार छ। हाम्रा गाउ वस्ती कुना कन्दरामा लुकेका अपार सम्भावना बोकेका बिभिन्न प्रतिभाहरुलाई निरन्तर साथ सपोर्ट गर्ने मेरो उद्देस्य रहेको छ।”

-बि बि अनुरागी, संगीतकार

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.