5
(1)

पहिलो नेपाल आइडल बिजेता बुद्ध लामाको नया गीत भर्खर सार्वजनिक भएको छ।

”हेरीरहु जस्तो” बोलको यो गीतमा बुद्धलाई साथ दिएकी छन गायिका ममता गुरुङ। उनी पनि नेपाल आइडल तेश्रो सीजनको उत्कृष्ट नौ मा परेकी थिईन।

बुद्ध केही समय अघि डान्सीङ विथ द स्टार्स नेपालमा प्रतिस्पर्धा गरेका थिए। उनको जोडी फ़र्स्ट रनर अप समेत भएर चर्चामा आएको थिए।

सो प्रोग्राममा सहभागी एक चर्चित कलाकार मुन्नी अर्थात प्रियना आचार्यसंग यो गीतमा बुद्धले जोड़ी भएर उत्कृष्ट अभिनय समेत गरेका छन।

सक्किगोनी सिरियलबाट चर्चामा आएकी मुन्नी र बुद्धको जोड़ी दर्शकलाई पनि ”हेरीरहु जस्तो” लागोस्!

बुद्धकै संगीतमा आएको यो गीत एकैदिनमा तीन लाख यूटूब भ्यूज सहित चर्चामा आएको छ। अल्बिन थापा मगर र बुद्धको संयुक्त रचना गरेको यो गीतको निर्देशन यूबराज वाईबाले गरेका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.