प्रफुल्ल भण्डारी, धरान सुनसरी। होटेल एसोसीएसन भेडेटारको आयोजनामा एघारौ भेडेटार फुड फेस्टिबल आजबाट शुरू भएको छ।
![](https://i0.wp.com/nepalilive.com/wp-content/uploads/2023/12/IMG_0900.webp?resize=600%2C322&ssl=1)
तीन दिनसम्म जारी रहने यो महोत्सवमा सांस्कृतिक, सांगीतिक कार्यक्रम, हेली टूर, जीप लाइन, स्थानीय जातिय खानेकुराका परिकारहरु, कृषि प्रदर्शनी, प्याराग्लाईडिङ लगायतका आकर्षण रहने बताईएको छ। धरानका द क्राइसिस ब्यांड र द पाराडाईज ब्यांडको सांगीतिक प्रस्तुति रहने यो फेस्टिबलको सहआयोजक श्री पाथिभरा क्लब आमा समूह, नेष्ट र नागरिक समाज भेड़ेटार रहेका छन।
साहसिक खेल मध्येको प्याराग्लाईडिङ खेल समेत भेडेटार फुड फेस्टिबलमा छूट सहित राखीएकोबारे धरान स्काई एडभेन्चरका सन्चालक रोशन अधिकारीले भने “ आधा घण्टासम्म भेडेटार क्षेत्र आकाशबाट अवलोकन गर्दा पक्कै तपाईलाई रोमांचक र यादगार अनुभव हुनेछ।”
![](https://i0.wp.com/nepalilive.com/wp-content/uploads/2023/12/IMG_0901.jpeg?resize=600%2C322&ssl=1)