5
(1)

काठमाडौँ, असोज २९ — चर्चित भारतीय वेब श्रृंखला “ताजा खबर” को दोस्रो सिजनको नयाँ म्युजिक भिडियो “पैसा” सार्वजनिक भएको छ। यो गीतलाई लोकप्रिय गायक कुशल पोखरेलले गाएका छन् भने संगीत चार्चिल भुसालले दिएका छन्।

‘पैसा’ म्युजिक भिडियोले युट्युबमा एकै दिनमा २८ लाख भ्युज प्राप्त गरेको छ। “गीतले पैसाले मानिसको जीवनमा ल्याउने मोड र लोभपछिको परिवर्तनलाई बयान गर्छ।

“ताजा खबर” को यस सिजनमा मुख्य पात्र वसन्त गवडे उर्फ वास्या (भुवन बामद्वारा अभिनीत) ले नयाँ चुनौतीहरूको सामना गरिरहेको कथासँग गीतको भाव मिल्दोजुल्दो छ।

यो गीतको म्युजिक भिडियो बीबी की वाइन्स प्रोडक्सन्सको ब्यानरमा सार्वजनिक भएको हो। भुवन बाम र रोहित राजद्वारा निर्माण गरिएको यो श्रृंखला डिज्नी+ हॉटस्टारमा २०२४ को सर्वाधिक हेरिएको वेब श्रृंखला बन्न सफल भएको छ।

ताजा खबर सिजन २ मा वास्या एक नयाँ चुनौतीसँग जुध्दै छन्, जहाँ यूसुफ अख्तरसँगको प्रतिशोध र व्यक्तिगत सम्बन्धहरूको तनावपूर्ण स्थिति प्रमुख छन्।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply