5
(2)

चलचित्र लाज सरणम् को अफिसियल साउन्डट्र्याक ‘नेपाल हासेको’ युट्युबमा सार्वजनिक भएको दोश्रो दिनमै बिस लाख पटक हेरिएर चर्चामा आएको छ ।

“बालेन दाई, हामी पनि हजुरसँगै नेपाल हाँसेको हेर्न चाहन्छौँ!” युट्युबर रतन कार्कीको यो टिप्पणीसँगै अरु हजारौ युटुब प्रतिकृयामा काठमाण्डौका मेयर बालेनलाई आशाको किरणको प्रक्षेपण गरी भनिएको छ “बालेनलाई २०८४ मा प्रधानमन्त्री भएको हेर्न चाहन्छौं।”

बालेन शाह को शब्द, संगीत र र्‍याप रहेको ‘नेपाल हासेको’ गीतमा किरण नेपालीको सारङ्गी र फोसीलको मिक्सिङ-मास्टरिङ रहेको छ। कोरस गायनमा सारा खड्गी, मनुषी पौड्याल, कृशा खड्का, पोल्मो थिङ तामाङ, रेल्म लामा, प्रतिशा तामाङ को स्वर समावेश छ।

गीतको भिडियोमा अर्जुन घिमिरे (पाँडे), हरि निरौला, सागर लम्साल, गजित बिष्ट, बबिन राई, महेश त्रिपाठी, रामबाबु रेग्मी, सानु पाण्डे को अभिनय छ भने बाल कलाकार आयुषी ढकाल को विशेष भूमिका रहेको छ। भिडियोको निर्देशन गम्भीर विष्ट, सम्पादन प्रविन भट्ट र रंग संयोजन मिलन विश्वकर्मा ले गरेका छन्।

‘लाज सरणम्’ फागुन १४ (फेब्रुअरी २६) का दिन महाशिवरात्रिमा रिलिज हुँदैछ। फिल्ममा सिताराम कट्टेल, विजय बराल, अर्पण थापा, हरि निरौला, अर्जुन घिमिरे, सागर लम्साल लगायतका कलाकार छन्।

‘नेपाल हासेको’ गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। बालेनको सशक्त शब्द, दमदार र्‍याप, आकर्षक भिडियोले दर्शकहरूलाई लोभ्याउने अपेक्षा गरिएको छ।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply