उर्गेन डोंगको नयाँ गीत “हबिबी” सार्वजनिक भएसँगै छोटो समयमा नै दर्शकको मन जित्न सफल भएको छ। पल शाह र रश्मी तामाङको अभिनय रहेको यस आधिकारिक म्युजिक भिडियोले नोभेम्बर १५, २०२४ मा सार्वजनिक भएको केही दिनमै १० लाख भ्युज पार गरेको छ।
गीतका शब्द, संगीत र गायन सबै उर्गेन डोंगले र महिला स्वर अस्मिता अधिकारीले गाउनु भएको छ। परम्परागत नेपाली बाजा सरंगी (हेमन्त रसाइली) र बाँसुरी (नगेन्द्र राई) को मिठासले गीतलाई झनै आकर्षक बनाएको छ। दीपेश प्रधानको मिक्सिङ र मास्टरिङले गीतलाई सुमधुर र सुगठित बनाएको छ।
भिजुअलको कुरा गर्ने हो भने, विजय डोंगको निर्देशनमा बनेको “हबिबी” ले दर्शकलाई सिनेम्याटिक अनुभव प्रदान गर्दछ। जितु तामाङको सिनेमाटोग्राफी, सम्पादन र रंग संयोजनले भिडियोको स्तर अझ माथि उठाएको छ। पाउल शाहको दमदार अभिनय, रश्मी तामाङ र अस्मिता अधिकारीको प्रभावकारी भूमिकाले गीतको कथालाई जीवन्त बनाएको छ।
सुबिन चौहानको कोरियोग्राफी र बिशाल तामाङको कला निर्देशनले म्युजिक भिडियोलाई अझ सुन्दर बनाएको छ। मेकअप आर्टिस्ट मन्दिरा डोंग र स्टाइलिस्ट बसन्त बुढाको कामले भिडियोमा सौन्दर्य थपेको छ।
“हबिबी” उर्गेन डोंगको मात्र गीत नभई नेपाली संगीत र भिडियो निर्माणको उन्नत शैलीलाई झल्काउने एक उत्कृष्ट कलाकृति हो।
Add comment