5
(1)

गायक दुर्गेश थापाको नयाँ गीत ‘दुश्मन हेरेको हेराइ’ युट्युबमा अत्यधिक चर्चामा आएको छ। यो गीतले चार महिनाको अवधिमा ७ करोड ३५ लाखभन्दा बढी भ्यु पाइसकेको छ र विश्व टप म्युजिक भिडियोको सूचीमा ७१औं स्थानमा छ।

गीतमा दुर्गेश थापा, अनन्दा कार्की, समिक्ष्या अधिकारी र एलिना चौहानको स्वर रहेको छ। शब्द, संगीत, अरेञ्जमेन्ट र निर्देशनमा दुर्गेश थापाको प्रमुख भूमिका रहेको छ भने भिडियोलाई विजु पार्कीले सह-निर्देशन गरेका छन्।

भिडियोमा प्रियंका कार्की, कविता नेपाली, पेम लामा र साहदेव श्रेष्ठ लगायत चर्चित कलाकारको अभिनय देख्न सकिन्छ।

लोकप्रियता हासिल गर्दै गरेको यो गीतले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन थप योगदान दिएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply