5
(1)

बिपिन कार्की लगायत कलाकारहरु अभिनीत चर्चित चलचित्र “पशुपति प्रसाद” को दोश्रो भाग “भष्मे डन” यही दशैको अवसरमा प्रदर्शनमा आउदैछ। सो चलचित्रको गीत “दुई चुल्ठी बाटन” हालै सार्वजनिक भएको छ। यो गीतमा निशान भट्टराई र मेलिना राइको स्वर रहेको छ। सुबास भूषालको संगीत र बि पाण्डेको रचना रहेको यो गीतमा बिपिन कार्की र बर्षा सिवाकोटीको अभिनय गरेका छन्। चलचित्र “भष्मे डन” लाई दीपेन्द्र के खनालको निर्देशन र कथा/ निर्माण चर्चित कलाकार खगेन्द्र लामिछाने गरेका छन्। साथमा चर्चित कलाकारहरु सौगात मल्ल, स्वस्तिमा खड़काको समेत अभिनीत यो चलचित्रलाई “पशुपति प्रसाद” झै सफल हुने अपेक्षा गरीएको छ ।

चलचित्र “भष्मे डन” को ट्रेलर

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.