5
(2)

पछिल्लो समय “तीनपाते”, “गाला पुक्क” जस्ता चर्चित गीतहरु गाएका गायक सुजन चापागाईको अर्कों गीत “लजाएर” को अफिसियल म्यूज़िक भिड़ीयो हालै सार्वजनिक भएको छ।

“लजाएर” बोलको गीतमा प्रिया लिम्बुसंग अभिनयमा देखीएका छन सुजन। गीतको रचना शैलेश गिरी, संगीत संयोजन रिकेश गुरुङ कीज़को रहेको छ।

गीतबारे सुजनले यूटूबमा लेखेका छन – “लजाएर एक प्रेमपूर्ण कोमल भावको स्पन्दन हो।”

नबिन चौहानले निर्देशन गरेको यो म्यूज़िक भिंडियों आजै एक लाख पटक हेरीएर चर्चामा आएको छ।

यस अघि सुजनले गाएको “गाला पुक्क” बोलको गीत यो साता एक करोड़ पटक यूटूबमा हेरीएको रेकर्ड कायम गरिसकेको छ।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.