0
(0)

कभर गीतबाट उदाएका गायक छेवाङ लामाको “जात” बोलको गीत यो साता चर्चामा रहेको छ। एक साता नपुगी ११ लाख यूटूब भ्यूज पुगेको यो गीतको रचना, संगीत र अभिनय समेत गायक लामाको रहेको छ। अन्तरजातीय मायामा वियोग भोगेको विषयले चर्चामा आएको गीतका केही मन छूने हरफहरु यस्ता छन-

“हामी दुईलाई बनाई दिए नदीका किनारा”, “कहाँ गल्ती भो मेरो, जातै सानो भो भन्छ तेरो”।

गायक लामाको एक बर्ष अघि आएको पछिल्लो चर्चित गीत “लाहुरे” यूटूबमा २ करोड़ यूटूब भ्यूज पुग्ने क्रममा छ।

“लाहुरे” गीत दर्शकले मन पराएपछि आएको “लाहुरे-२” गीत समेत १ करोड़ नजिक यूटूबमा हेरीएको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.