नेपाली सांगीतिक आकाशका दुई लोकप्रिय हस्तीहरू योद्धा र सुशान्त केसीको सहकार्यमा तयार भएको नयाँ गीत ‘फ्यान्सी’ सार्वजनिक भएर युट्युबमा सनसनी मच्चाइरहेको छ। यसअघि ‘मौसम’ र ‘प्लान बी’ जस्ता सुपरहित गीतहरूमा सँगै काम गरिसकेका यो जोडीको यो तेस्रो सहकार्य हो।
सार्वजनिक भएको छोटो समयमै लाखौं पटक हेरिसकिएको यस गीतलाई फ्यानहरूले ‘नेपाली हिपहमको उत्कृष्ट डुओ’ भन्दै प्रशंसा गरेका छन्। लामो समयको मित्रता र सांगीतिक अनुभव झल्किने यो बेजोड कोसेलीले सांगीतिक बजारमा फेरि एकपटक तहल्का मच्चाउन सफल भएको छ।
फोसिलको उत्कृष्ट संगीत निर्माण, मिक्सिङ तथा मास्टरिङ रहेको यस गीतमा दुवै कलाकारको गायकीले दर्शकलाई मन्त्रमुग्ध पारेको छ। म्याट स्टुडियोका निर्देशक थोमस जीएमको निर्देशनमा बनेको यस म्युजिक भिडियोको आकर्षक भाइरल भाइब र कास्टिङले युवापुस्तालाई अत्यधिक आकर्षित गरेको छ।

Add comment