लोकप्रिय गायक प्रकाश दुतराजको नयाँ साङ्गीतिक सौगात शिरमै फूल माया (सुगा चरी) सार्वजनिक भएको छ।
दशैंको अवसर पारेर युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतले छोटो समयमै दर्शक-स्रोताको अत्यधिक माया बटुलेको छ। गीतमा प्रकाश दुतराज, मेलिना राई र शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ भने शब्द तथा सङ्गीत स्वयम् प्रकाश दुतराजले नै सिर्जना गर्नुभएको हो।
यस साङ्गीतिक भिडियोमा मुख्यतया पश्चिम नेपालको मगर समुदायको मौलिक कला, संस्कृति, रीतिरिवाज र परम्परागत पहिचानलाई सुन्दर ढङ्गले झल्काइएको छ। कास्कीको आटीघर गाउँ तथा आसपासका रमणीय क्षेत्रमा छायाङ्कन गरिएको यस भिडियोमा प्रकाश दुतराज र तनु बलाम मगर लगायतका कलाकारहरूको उत्कृष्ट अभिनय रहेको छ।
दर्शकहरूले यसलाई मौलिक नेपालीपन र चाडपर्वको झल्को दिने उत्कृष्ट कोसेलीका रूपमा प्रशंसा गरेका छन्।

Add comment