0
(0)

लोकप्रिय गायक जोन राईको साङ्गीतिक प्रस्तुति ‘माया ले’ ले रिलिज भएको एक महिनामै युट्युबमा एक करोड भन्दा बढी भ्युज बटुलिरहेको छ। गत साउन २४ मा प्रिमियर भएको यस गीतले आफ्नो सांगीतिक यात्रामा एक महत्त्वपूर्ण माइलस्टोन पार गरेको छ। प्रेमका विभिन्न आयाम, सम्बन्धका उतारचढाव र गहिरो भावनालाई शब्द र सङ्गीतमा उत्कृष्टताका साथ प्रस्तुत गरिएको यस म्युजिक भिडिओलाई दर्शक तथा श्रोताले अत्याधिक रुचाएका छन्।

सम्बन्धको सुरुवात, त्यसपछिका असमझदारी र विछोडपछिको यथार्थलाई निकै मार्मिक ढङ्गले गीतमा समेटिएको छ। ‘माया लाउन बल्ल सिक्दैछु मन भित्र देखिनै…’ जस्ता भावनाले भरिएका हरफहरूले श्रोताको मर्मस्परी मन छुने गरेको छ। यस गीतले सामाजिक सञ्जाल तथा युट्युबको कमेन्ट बक्समा हजारौँ सकारात्मक प्रतिक्रिया पाएको छ।

एक दर्शकले यसरी प्रतिक्रिया दिएका छन्: “प्रेम कुनै हतारो वा बलजफ्ती गर्ने विषय होइन, यो त दुई मनहरूले एकअर्कालाई बुझ्दै बिस्तारै आफ्नो बनाउने एक सुन्दर यात्रा हो। यो उत्कृष्ट साङ्गीतिक सिर्जनाका लागि जोन राई र उनको पुरै टिमप्रति हार्दिक आभार!”

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply