5
(1)

भदौ १९ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘ककाकिकी’को प्रदर्शन मिति प्राकृतिक विपत्तिका कारण स्थगित गरिएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोपछि देश शोकमा रहेका बेला चलचित्रको प्रदर्शन तथा प्रचारप्रसार अघि बढाउनु उचित नहुने भन्दै निर्माण पक्षले रिलिज स्थगित गरेको हो।

ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा चर्चित गायिका मेलिना राई र गायक अर्जुन सापकोटाको सुमधुर स्वर रहेको छ। यसै गीतमार्फत गायक सापकोटाले चलचित्रको पार्श्वगायनमा प्रवेश गरेका छन्। गीतमा संगीत अर्जुनकै रहेको छ भने यसका शब्द सन्तोष सापकोटाले कोरेका हुन्।

जर्सिङ पौवामा छायांकन गरिएको यस गीतको भिडियोमा गाउँघरको उत्सव, सामूहिक रमाइलो र सेलिब्रेसनलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। मिग्मा डी लेप्चाको कोरियोग्राफीमा तयार भएको भिडियोमा गायक अर्जुन सापकोटासँगै सामाजिक सञ्जालमा चर्चित पवित्रा साकी (मिस पवि), सजिना खनाल र निश्चल खड्काले कम्मर मर्काएका छन्।

गीतमा चलचित्रका मुख्य कलाकारहरू गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठीको विशेष उपस्थिति देख्न सकिन्छ। ‘कमेडी दरबार’को प्रस्तुति तथा श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको यस चलचित्रमा दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, माओत्से गुरुङ र मनोज गजुरेललगायतका दिग्गज कलाकारहरूको सशक्त अभिनय रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply