चर्चित कलाकार दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधान अभिनीत नेपाली चलचित्र “मनसरा” हालै युट्युबमार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक भएको फिल्मले छोटो समयमा नै ५० लाखभन्दा बढी भ्युज हासिल गर्दै चर्चा कमाएको छ।
“मनसरा” विशेष धानको जातबाट प्रेरित कथा हो, जसले “स्वतन्त्र रूपमा बढ्न सकिने सम्भावना”लाई रूपकका रूपमा प्रस्तुत गर्दै प्रेम, संघर्ष र आत्मपहिचानको संवेदनशील यात्रा देखाउँछ। गाउँमा जन्मिएको युवाको आत्मखोज र सामाजिक धारणा विरुद्धको संघर्ष फिल्मको मुख्य कथा हो।

Add comment