5
(2)

लोकप्रिय गायक बाबु कृष्ण परियार र दीपिका बायम्बुको स्वरमा सजिएको नयाँ लोक दोहोरी गीत “कश्मिरे पछ्यौरी” अहिले ग्लोबल स्तरमा ८२औं स्थानमा ट्रेन्डिङ भइरहेको छ। यो गीत २०८० सालको नयाँ नेपाली लोक दोहोरी संगीत हो, जसले विश्वव्यापी दर्शकको मन जित्न सफल भएको छ। गीतमा बाबु कृष्ण परियार र केपिना गोटामेको अभिनयले दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेको छ।

२०२४ को जनवरी १८ मा प्रिमियर गरिएको यो गीतले २५ मिलियनभन्दा बढी दर्शक पाएको छ। “कश्मिरे पछ्यौरी” मा विशेष रूपमा निस्चल दवाडीको शब्द र संगीत छ भने श्यामश्वेत रासाईलीले संगीत संयोजन, मिक्सिङ र मास्टरिङको काम गरेका छन्। गीतले परम्परागत नेपाली लोक दोहोरी संगीतलाई आधुनिक प्रस्तुतीकरणमा प्रस्तुत गर्दै विश्वभरि नेपाली संगीतलाई प्रवर्धन गरिरहेको छ।

गीतमा विशेष रूपमा आकर्षक शब्दहरू समेटिएका छन्, जस्तै “लाजै लाग्यो हेरे भै तिर, आखैको निशाना ट्याक्कै मै तिर”, जुन विशेष गरी टिकटपमा निकै लोकप्रिय भएको छ।

कस्मिरे पछ्यौरि दार्जलिङ्गको रेल लाम साइलि पिरति दुइदिन बचुन्जेल

“निधारैमा टिकि टलक्क
सुन्तलि नानिको मुहार झलक्क

लाजै लाग्यो हेरे भै तिर
आखैको निशाना ट्याक्कै मै तिर

फुल राम्रो लालुपातेको
छ छैन मायाले जोबान साटेको

जोडि सुगा जोडि ढुकुर
एक्लै यो जिन्दगी लुख्खुर लुख्खुर

चिसो पानी धारापानीको
साटिदेउ सम्झना जिन्दगानिको

दिउकि मुटु, खोलि तिमिलाइ
लाखौ लाख मायाको झोलि, तिमिलाइ

काडाले पाउ, छुनै नदिम्ला
रिसाउनै नदिम्ला, रुनै नदिम्ला

एक सयमा सय, नम्मर
लाएको पिरति अटल, अ्म्मर”

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply