5
(3)

राष्ट्रकवि माधव प्रसाद घिमिरेको देहावसान पछि कर्ण दासको स्वरमा आएको गीत “त्यसरी होस मरण” को रचना पक्षको सूक्ष्म विश्लेषण गर्दै चर्चित युवा कवि नवराज पराजुलीले लेखेको “म मरेको दिन कस्तो होला” शीर्षकको कविता वाचन गरी आफ्नो यूटूब चैनलमा यो साता सार्वजनिक गरेका छन।

मार्मिक कवितामा एक ठाउ कल्पना गरी भनिएको छ- “चरा जगतको सुस्केरा लेखेर सय वर्ष बाँचेका कविवर मरणको दिन राजकीय तोप सलामीमा परे । पड़केको तोपले चरा भागे होलान। यो थाहा पाए के गर्थे होलान कविवरले।” यसरी कवितामा पाठकलाई निकै गहिराईमा पूर्याएर सोचमग्न बनाएका छन पराजुलीले।

राष्ट्रकविको मरणोपरान्त सार्वजनिक गीत, सेतोपाटीबाट साभार

राष्ट्रकवि घिमिरेले कवि पराजुलीले वाचन गरेका कविता केही बर्ष अगाड़ी सुनेर निकै राम्रो बिम्ब प्रयोग गरेको भनि प्रशंसा समेत गरेका थिए।

कविवरलाई केही बर्ष अघि कविता सुनाउदै

कवि नवराज पराजुली सम्भवत पहिलो नेपाली कवि होलान जसलाई यूटूब चैनलमा धेरै पछयाउने फलोवर्स छन। सो संख्या हाल ६५ हज़ार छ।

कवि पराजुलीको ४ लाख यूटूब भ्यूज भएको कविता “तिमी अहिले बाहेक जहिले आएकी भए पनि हुन्थ्यो”


Average rating 5 / 5. Vote count: 3

No votes so far! Be the first to rate this post.