5
(1)

धरान फुश्रे स्थित श्री पब्लिक माध्यमिक बिधालयमा स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आज सम्पन्न यस एकदिने प्रजनन स्वास्थ्य तथा अपाङगता रोकथाम सम्बन्धि अभिमुखिकरण कार्यक्रममा कक्षा ८,९ र १० का १२ देखि १८ बर्ष सम्मका एक सय बीस जना छात्र छात्राहरुको सहभागिता रहेको थियो।

श्रब्यदृश्य मार्फत गराईएको सो कार्यक्रममा स्वास्थ्यकर्मीहरु दीपकला राई र बिनोदा राईले बिद्यार्थी भाईबहिनीहरूलाई प्रजनन स्वास्थ्य तथा अपाङगता रोकथामको बिषयमा प्रकाश पारेका थिए।

वडासमिति कार्यालय, धरान १३ को सहयोगमा भएको यस अभिमुखिकरण कार्यक्रमले बिधार्थीहरूलाई यो बिषयमा सचेतना बढ़ेको प्रधानाध्यापक पुरूषोत्तम शर्मा निरौलाले बताउनुभयो।

(प्रफुल्ल भण्डारीको सहयोगमा)

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.