बहुप्रतिक्षित नेपाली चलचित्र ‘जदौ’ आजदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको छ।
किरण गजमेरको जादुमय स्वरमा सजिएको यो गीतमा नीति शाह र प्रभात पाल ठकुरीको उत्कृष्ट अभिनय तथा रोमान्टिक केमिस्ट्री देख्न सकिन्छ।
यस चलचित्रमा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी र राजश्री थापा लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। अञ्जन शर्मा र कागि लिम्बुको संयुक्त निर्देशनमा तयार भएको यस चलचित्रको ट्रेलरले पारिवारिक सम्बन्ध, प्रेम र मानवीय संवेगका उतारचढावहरूलाई गम्भीर रूपमा प्रस्तुत गरेको छ।

Add comment