0
(0)

निकै चर्चित गीतहरुमा मोडेल भै खेलीसकेका कलाकार ओबी रायमाझीको पहिलो गीत सार्वजनिक भएको छ ।संध्या बुढ़ाको समेत स्वर रहेको “ल है” बोलको यो गीतमा प्रकाश पराजुलीको शब्द तथा संगीत भने ओबीकै छ। मोडेल पनि आफै रहेको उनको यो गीतमा नीता ढुङगाना लगायतको अभिनय रहेको छ ।

चर्चित गायक दुर्गेश थापाको गीत “बीच बीचमा” समेत मोडेल भएका उनको पछिल्लो चर्चित अभिनय “सोचे झै ज़िन्दगी रैनछ” बोलको गीतमा पनि हेर्न सकिन्छ ।

दुर्गेश थापा कै शैलीमा मोडेल पछि गायक हुने क्रममा ओबी रायमाझी कति सफल होलान त्यों यो गीतले बताउला नै । गीत रिलीज़ भएको दिनमा यूटूबमा ५० हजार भ्यूज पुगेको छ ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.