0
(0)

लोकगायक बुद्धिसागर बस्यालको नया गीत “चस्मा लाएर”सार्वजनिक भएको छ ।

“बाहिर जाँदा कोरोनाको डर, घर बसौँ बुढीको करकर” भन्दै अविवाहित दोहोरी गायक बस्यालले समसामयिक परिवेशको चित्रण गरेको उल्लेख गरेका छन। डेढ दशक देखी क्यानडामा बसोबास गरेका गायक बस्यालले फ़ेसबुकमा लेखेका छन्- “सामाजिक परिबेश र अहिलेको समयलाई समेटिएको गीत हो -चस्मालाएर । संसार एक परिस्थितिमा गुज्रीरहेको बेला यो गीत र भिंडियों हेरेर एकछिन भएपनि रमाइलो गर्नु हुनेछ।

गायक बस्यालले “चश्मा लाएर” तीज गीत नभएको प्रष्ट पार्दै पछिल्लो दिनमा आएको भिडियोको ड्रेस विवादलाई लिएर फ़ेसबुकमा लेखेका छन – “मेरो अहिलेको गीत चस्मालाएर र भिडियो हाम्रो महिलाहरुको महान पर्ब तीज पर्बसंग सम्बन्धित नभएको सम्पूर्ण लोकगित सर्जक , संचारमाध्यमलाइ जानकारी गराउन चाहन्छु । । यो गित बिगत ४ महिनाभित्र भएको कुरा विशेष गरि covid- 19 यसको असरले समाजमा परेको असर अनि यो समयमै तीज पर्ब परेकोले यो बिषय बस्तुमेरो गीतमा समाबेस गरेको हुँ , यसमा एक टीचर, स्टूडेंट , कृषक , जागिरे, देखि देश भक्त नेपाली युवा युवतीको चिन्ता र बिसेषत पुरुषहरुको कुरा समेटिएको छ । । तीज र यो भिडियोमा प्रयोग गरिएको ड्रेसको बारेमा केहि सुभचिन्तकहरु, सामाजिक संजाल र संचार माध्यमले सोधेको प्रश्नहरुमा परम्परागत तीज बिग्रने भन्ने कुरालाई म आत्मसाथ गर्दै सम्पूर्ण आमा दिदी बहिनिहरु प्रति मेरो सिर्जनाले कसैको मन दुखेको भए “माफी” पनि माग्न चाहन्छु। । म धेरै वर्ष देखि हाम्रो नेपालि धर्म सस्कृतिको जगेर्ना गर्ने प्रचार पर्सार गर्ने काम गरिरहेको छु देशमा होस् या बिदेशमा रहेर। । कृपया यो गीत अनि भिंडियों पुरै सुन्नु र हेर्न अनुरोध गर्दछु किनकि यो गीतको सार अन्त्यमा छ।”

उनमा अन्य चर्चित गीतहरू “बाजेका पालामा मोहोरपाथी नुन’, ‘डाँफे नाचेर’, ‘छमछम पाउजुले’, मुरलीको धुन’ लगायतका छन ।

लोक संगीतबारे गायकसंगको कुराकानी रमाइलो टिभी, ओ टिभी यूटूब चैनलबाट साभार

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.