5
(1)

काठमाडौं, असोज ८ – नेपाली तिहार पर्वको उल्लासमय महौलमा परम्परागत देउसी भैलोको धुनसँगै नयाँ गीत सार्वजनिक भएको छ। ‘देउसी भैलो गीत (तिहार गीत) २०८१’ शीर्षकमा सार्वजनिक यो गीतले छोटो समयमा नै दर्शकहरूको मन जित्दै लाखौं भ्यूज पाइसकेको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमा रिलिज भएको

यस गीतमा गायक/गायिका मेनुका पौडेल, विजय डङ्गाल, कृष्ण निरौला, र याम भण्डारीको स्वरले तिहारको उमङ्गलाई थप जिवन्त बनाएको छ।

मेनुका पौडेल प्रतिभाशाली गायिका हुन्, जसले भारतीय गायन रियालिटी शो “इन्डियन आइडल १४” मा भाग लिएकी थिइन्। मेनुकाले सन् २०१८ मा “नेपाल आइडल” मा भाग लिएपछि नेपाली दर्शकहरूबीच पहिचान बनाएकी थिइन्। त्यसपछि उनी भारतीय च्यानल “जी टीभी” को चर्चित गायन रियालिटी शो “सारेगामापा” मा पनि प्रतिस्पर्धीको रूपमा देखिइन्। यसरी उनले भारतीय संगीत क्षेत्रमा आफ्नो यात्रा सुरु गरिन्।

परम्परागत देउसी भैलोका शब्दमा नवीन गौतमको लेखनीले नया सन्देश थपेको छ भने, कृष्ण निरौलाको संगीत संयोजनले परम्परागत धुनलाई आधुनिक शैलीमा सजाएको छ। केएसआर स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा नेपाली चाडपर्वको मर्म र तिहारको रौनकलाई गीत र भिडियोको माध्यमबाट दर्शकमा पस्किएको छ।

निशु निरौलाको कोरियोग्राफी र झापाली कान्छा अभिषेकको निर्देशनमा बनेको भिडियोले परम्परागत देउसी भैलो नाचलाई नवीन शैलीमा प्रस्तुत गर्दै नेपाली समाजको सांस्कृतिक सम्पदालाई विशेष ढंगले उजागर गरेको छ। कलाकार निशु निरौला, योजना भण्डारी, जोश्ना अधिकारी, तारा बिष्ट, उमा निरौला, चेतनाथ डङ्गाल, गणेश दुलाललगायतको उत्कृष्ट अभिनयले भिडियोमा जीवन्तता थपेको छ।

यो गीतले ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक भएको केही दिनमै २ लाखभन्दा बढी भ्यूज प्राप्त गर्दै तिहार पर्वको रौनकमा थप रङ्ग पोतेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply