5
(1)

धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले साहित्यको नगरीको रूपमा चिनाउदै जनतालाई चाहिने आधारभूत आवश्यकताहरु पुरा गर्ने बिषयमा अझ दृढ़ रहेको बताएका छन्।

गतबर्ष आफ्नै संरक्षकत्वमा साहित्यकला तथा संस्कृति प्रतिष्ठान मार्फ़त अन्तरास्ट्रिय साहित्य गोष्ठी सम्पन्न गरेका काफ्लेले आफ्नै पहलमा साहित्यकार डा भिम खतिवडा, गोपाल देवानको दमनको राप र गजलकार रोमु अधिकारीको बरियो प्रकासन गरिएको बताए।

साहित्यकला संस्कृति प्रतिस्ठानलाई गतबर्ष एकलाख रकम बिनियोजन गरेको साथै अन्य अधुरा योजनाको बिकास गर्न तथा धरानलाई उत्कृष्ट साहित्य नगरीको रूपमा बिकास गर्न पुन आफू वडा अध्यक्षमा उठेको काफ्लेले जानकारी दिए।

धरानको बिकाश निर्माण लगायत कार्यप्रगति बारे केही समय अगाड़ी आफ्नो धारणा ब्यक्त गर्दै नेत्र प्रसाद काफ्ले।

ओझेलिएका साहित्यिक श्रष्टाहरूलाई पुस्तक प्रकाशन गर्न प्रोत्साहन गर्ने जानकारी नेत्र प्रसाद काफ्लेले दिए। साहित्यिक देउसी, होली जस्ता कार्यक्रमहरु आयोजना गर्न क्रियाशील काफ्लेले पुन निर्वाचित भएपछिको साहित्यिक योजनाबारे सुनाए -“ धरानको साहित्यटोली लिएर सातै प्रदेश गएर त्यहाको सर्जकहरु संग साहित्यिक अन्तरक्रिया तथा कार्यक्रम गर्ने सोचेको छु। ओझेलिएको स्रस्टाहरूलाई ठाउँ दिएर अगाडि बढन मेरो सदैव सहयोग रहने छ।”

(प्रफुल्ल भण्डारीको सहयोगमा)

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.