लोकप्रिय रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन ४’ को १५ औँ एपिसोडमा प्रतियोगी शुभम सिंहले आफ्नो बेजोड प्रस्तुति मार्फत फेरि एकपटक सबैको ध्यान आकर्षण गरेका छन्। विशाल भण्डारीको निर्देशन र जितू नेपाल, रीचा शर्मा, बुद्धि तामाङ तथा विशाल भण्डारीको निर्णायक मण्डल रहेको यस शोमा शुभमले समाजमा गहिरो जरा गाडेर बसेको दाइजो प्रथालाई आफ्नो व्यङ्ग्यको मुख्य विषय बनाए।
शुभमले प्रस्तुतिको क्रममा पहाडी र मधेसी समुदायमा प्रचलित दाइजोको शैली र रकमको तुलना गर्दै— “पहाडीले २ करोड दिएको दाइजो नहुने, तर मधेसीले ५०-६० लाख दिएको चाहिँ दाइजो कसरी हुन्छ?” भनी समाजका ढोङ्गी कुरीति र सोचमाथि तीखो तथा तार्किक प्रहार गरेका थिए।
दर्शकहरूले शुभमको यो बौद्धिक र यथार्थपरक प्रस्तुतिले समाजका कुसंस्कारहरूलाई ऐना देखाएको प्रतिक्रिया दिएका छन्।

Add comment