निवा यादवको प्रस्तुतिमा नयाँ भोजपुरी साङ्गीतिक सौगात ‘परदेशवा’ सार्वजनिक भएसँगै दर्शक तथा श्रोताहरूको मन जित्न सफल भएको छ।
युट्युबमा सार्वजनिक भएसँगै यस गीतले ३८ लाखभन्दा बढी भ्युज र ५ हजार कमेन्टहरू प्राप्त गरिसकेको छ। दर्शकहरूले गीतको प्रशंसा गर्दै सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
दर्शकहरूले यस गीतले माटोको सुवास र भोजपुरी भाषाको साँचो अपनापनलाई जीवन्त बनाएको उल्लेख गर्दै यसलाई केवल एक गीत मात्र नभई आफ्नै पहिचानको प्रतीकका रूपमा चित्रण गरेका छन्। भिडियोमा टिप्पणी गर्दै एक दर्शकले लेख्नुभएको छ: “आज ज़िंदगी में पहली बार एहसास हुआ,
भोजपुरी के अपनापन की मिठास अब भी ज़िंदा है।
माटी की खुशबू, अपनों की बोली और रिश्तों का प्यार,
दूर होकर भी दिल में अपना गाँव आज भी ज़िंदा है। ❤️
भोजपुरी सिर्फ एक भाषा नहीं,
ये हमारी मिट्टी, हमारी पहचान और हमारा अपनापन है।
जहाँ दुनिया हमें नाम से पहचानती है, वहीं भोजपुरी हमें अपनी मिट्टी से पहचान कराती है।”
पङ्कज मतलबि यादव र अन्नु चौधरीको सुमधुर स्वरमा सजिएको यस गीतमा एक दम्पतीबीचको भावनात्मक वियोग र वैदेशिक रोजगारीको गहिरो यथार्थलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ। शिव साजनको शब्द र मन्टु मनिषको सङ्गीत रहेको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन्।

Add comment