0
(0)

बक्स अफिसमा अभूतपूर्व सफलता हासिल गरेको बहुचर्चित नेपाली चलचित्र ‘१२ गाउँ’ अब ओफिसियल रूपमा युट्युबमा सार्वजनिक भएको छ। बुढासुब्बा डिजिटलको ओफिसियल युट्युब च्यानलमार्फत यो ब्लकबस्टर एक्सन चलचित्र दर्शकसामु ल्याइएको हो।

विराज भट्टको निर्देशन तथा निर्माणमा बनेको यस चलचित्रमा विराज भट्ट, समीर भट्ट, सनिषा भट्टराई, सोनु चन्द्रपाल, दिया मास्के, मुरलीधर र नागेन्द्र खड्का लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ। उत्पीडन र अन्यायविरुद्धको सङ्घर्षको कथा बोकेको यस चलचित्रले युट्युबमा रिलिज भएसँगै दर्शकको ठूलो साथ र माया पाइरहेको छ। एक्सन तथा कथावस्तुका कारण युट्युबमा पनि यसले राम्रो भ्युज बटुलिरहेको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply