0
(0)

लोडसेडिङ अंत्य गरेकोमा जनमानस र मिडियाले मन पराएको व्यक्तित्व कुलमान घिसिङ यो साता चर्चामा छन । उनको कार्यकाल सकिन ३ हप्ता बाक़ी रहेको बेला एक दर्जन गायक गायिकाको स्वरमा आएको छ “कुलमानकै खाँचों छ” बोलको गीत। त्यसो त मिडियामा आएको पछिल्लो अंतरबार्ताहरुमा पनि उनले बाक़ी कामहरु सक्न एक कार्यकाल थप भए हुने आशय व्यक्त गरेका छन । उता सरकार उनको लोकप्रियता बढ़ेर झस्केको हो कि जस्तों छ र कार्यकाल बढ़ाउने बिषयमा मौन छ।

व्यवस्थापकिय शिपमा अव्वल कुलमानको कार्यकालमा अंत्य भएको लोडसेडिङको जस एक्लैले लिएको गुनासो गर्नेहरू पनि छन। माथिल्लो तामाकोशी र चिलिमेका आयोजनाहरु ४ वर्षमा आएनन् ।त्यों पूरा गर्न छ । स्मार्टमीटर देखी भूमिगत विद्युतीय तारजालोंबाट शहर सफ़ा गर्ने उनका योजना चालू छ । भारत, बंगलादेशमा बिजुली बेच्ने मार्गचित्र उनीसंग छ । बिजुलीको भाऊँ अझै घटछ रे । सत प्रतिशत बिधुतिकरण अर्कों कार्यकालमा सम्भव छ रे ।

“राइट पीपल, राइट प्लेस” यो उनको मंत्रको ईमानदार प्रयास सरकारले गरे के बिग्रन्छ र? जनताले पनि चाहेकै छन्- कुलमान भाग-२ हेर्न!

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.