5
(1)

धरानमा कविशिरोमणि लेखनाथ पौड्यालको १४१औं जन्मजयन्तीको अवसरमा कविशिरोमणि साहित्य साधना समाजद्वारा आयोजित खुल्ला कविता प्रतियोगितामा सवि मेवाहाङ राईले प्रथम स्थान हासिल गर्नुभएको छ। उहाँले “बाबा” शीर्षकको छन्दोबद्ध कविता वाचन गर्दै प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्नुभयो।

प्रतियोगितामा धनकुटाका कवि भरत थापा दोस्रो, भोजपुरकी कवि कञ्चन खत्री तेस्रो तथा धरानका कवि भवानीप्रसाद खतिवडा सान्त्वना स्थानमा चयन हुनुभयो। विजेताहरूले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगिताको निर्णायक टोलीमा प्रा.डा. सागरमणि सुवेदी, वरिष्ठ पत्रकार हर्ष सुब्बा र साहित्यकार भूषिता वाशिष्ठ रहनुभएको थियो।

प्रमुख अतिथि साहित्यकार मनु मञ्जिल र आयोजक वीरेन्द्रसिंह थापाले संयुक्त रूपमा पुरस्कार वितरण गर्नुभएको थियो।

(डा. महानन्द तिम्सिनाको सहयोगमा)

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply