5
(2)
(पुस्तक विमोचन कार्यक्रमबारे एक झलक- साभार प्रफुल्ल भण्डारी)

धरान, बिजयपुर स्थित बिन्ध्यबासिनी मन्दिर परिसरमा अम्बिका शाक्यद्वारा लिखित बिन्ध्यबासिनी परिचय पुस्तक आज बिमोचन भएको छ।

लेखिका अम्बिका शाक्य , उनी बिन्ध्यबासिनी मन्दिरको संरक्षिका समेत हुन।

पन्चकन्या प्राकृतिक पार्क स्थित बिन्ध्यबासिनी मन्दिर प्रांगणमा पिंडेश्वर बिधापिठका प्राडा चन्द्रमणि नेपाल र प्राडा भरत भट्टराईबाट संयुक्त रूपमा पुस्तक बिमोचन भएको छ।

पुस्तकमा बिन्ध्यबासिनी आरती, बिन्ध्यबासिनी परिचय, मुल प्रकृतिदेवि र उनका स्वरूप, बिजयपुरको परिचय हाम्रो कर्तब्य, क्यासेट परिचय लगायतका लेखरचना समाविष्ट रहेको छ।

मन्दिर निर्माणकर्ता सुनिल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा मन्दिरलाई योगदान गर्ने दिपक थापामगर, चन्द्र घिमिरे, मचिन्द्र खत्री, सुशिल श्रेष्ठ लगायतको उपस्थिति थियो भने सो कार्यक्रमको बिश्वराज उपाध्यायले स्वागत मंतव्य तथा प्रफुल्ल भण्डारीबाट कार्यक्रम संचालन भएको थियो।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.