जीबी चिरनको अफिसियल युट्युब च्यानलमा नयाँ गीत ‘पहिलो हाँसो पहिलो बोली’ रिलिज भएपछि सामाजिक सञ्जाल र भिडियो प्लेटफर्ममा चर्चा बढिरहेको छ। प्रिमियर भएको केही दिनमै यस गीतले ८ लाखभन्दा बढी भ्यू प्राप्त गर्दै लगातार ट्रेन्डिङतर्फ उक्लिरहेको छ।
गीतमा मुख्य कलाकारका रूपमा जीबी चिरन (चिरन्जीवी सापकोटा), दिया जीसी र साजन कार्की रहेका छन्, जसको अभिनयले भिडियोको कथा र प्रस्तुति अझ प्रभावकारी बनाएको छ।
बादल थापाको स्वर, भिम पौडेल र भवन लिम्बुको शब्द, तथा योङहाङकै संगीतले सजिएको गीतलाई सुन्दर खनालले निर्देशन गरेका छन्। निर्देशक खनालले युट्युबमा प्रतिक्रिया दिँदै भनेका छन्, “निर्देशनको पहिलो कदम, निर्देशकको कुर्सीमा पहिलो पल — यो प्रोजेक्ट मेरो लागि निकै विशेष अनुभव रह्यो।“

Add comment