5
(3)

नेपाली सिनेमा प्रेमीहरूका लागि राम्रो समाचार आएको छ! “छक्का पन्जा ५” को आधिकारिक गीत “ब्रेकअप ” ले २४ घण्टाभित्र १० लाख भ्युजको माइलस्टोन हासिल गरेको छ। यो गीतमा बबुल गिरीले गाएका छन् र यसका शब्द र संगीतले दर्शकहरूको मनमा गहिरो छाप छोडेको छ।

गीतको म्यूजिक भिडियोमा दीपक राज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे र बर्सा सिवाकोटी जस्ता चर्चित कलाकारहरूको अभिनय देख्न सकिन्छ। यसले प्रेम र ब्रेकअपको भावनात्मक यात्रालाई चित्रित गरेको छ।

यस गीतको सफलताले “छक्का पन्जा ५” को अपेक्षालाई थप वृद्धि गरेको छ, जुन असोज २४ गते, अर्थात् फूलपातीको दिन रिलिज हुने तयारीमा छ।

बाबुल गिरीले नै यो गीतको सबै पक्षहरू, जस्तै शब्द, सङ्गित, अरेन्ज पनि गरेका छन्। “छक्का पन्जा ५” को यो नयाँ गीतले नेपाली फिल्म उद्योगमा एक नयाँ मापदण्ड स्थापित गरेको छ।

गीत अब टिक्टकमा समेत छाइरहेको छ । एकजना श्रोता बिष्णु बिकेले गीतबारे युटुयुबमा प्रतिकृया दिदै लेखेका छन – “टिकटिकमा भाइरल हुन्छ गित ।।। बल्ल केटाहरुको लागि भने जस्तै गित आयो।”

Average rating 5 / 5. Vote count: 3

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply