5
(3)

छाता मुनी ओत ला’को तिमीलाई देखें
के सोचेंछु खैं कुन्नी मिलनको गीत लेखें ।

नसकिने रैंछ हेर तिमी विना बस्न
अब मैले थालिसकें मिलनको गीत रच्न ।

हामी दुईलाई छुटाउने हस्त रेखा मेटें
के सोचेंछु खैं कुन्नी मिलनको गीत लेखें ।

ज्यानै धितो राखेर नि तिम्रो माया किन्छु
सयौं जुनी बसे पनि दिलमा वास दिन्छु ।

धड्कन सगैं तिमीलाई मुटु भित्र भेटें
के सोचेंछु खैं कुन्नी मिलनको गीत लेखें ।

तिमी बारे धेरै कुरा सोच्न अब छोडें
सुन्दर फुलको वास्ना मार्ने अरु फुल गोडें ।

ढिलो भा’को मनको तार, सुर निकाली रेटें
के सोचेंछु खैं कुन्नी मिलनको गीत लेखें ।

नारायणसिंह गुरुङ
मेरिल्यान्ड , अमेरिका ।

Average rating 5 / 5. Vote count: 3

No votes so far! Be the first to rate this post.