खेम सेंचुरी र मधु क्षेत्रीको मिठो स्वरमा तीज गीत “काइयो र ऐना” चर्चामा आएको छ । नेत्र अर्यालको शब्द र खेम सेंचुरीकै संगीतमा आएको यो गीत दोश्रो सातामा यूटूबमा १६ लाखपटक हेरीएको छ।
यो भिंडियोंको डान्स स्टेप्स निकै मन पराईएको छ । कोरियोग्राफ़ी र निर्देशक प्रकाश भट्टले यसमा निकै मेहेनत गरेका छन।त्यसो त यो गीत अहिले टिक टकमा समेत ट्रेण्ड भैरहेको छ।
रमाइलो छ यूटूब चैनललाई दिएको एक अंतरबार्तामा यो गीतमा ५० हज़ार टिकटक भिंडियों बनेको दाबी गरिएको छ।
गायक खेम सेंचुरीले जातपातको कारणले आफ़नो पछिल्लो प्रेम सफल हुन नसकेको प्राइम टिभिमा ऋषि धमलालाई दिएको अंतरबार्तामा उदघोस गरेका छन । हालै उनले संगीत दिएको चर्चित गीत “आधी कपाल” मा ऋषि धमला पत्नी एलिजा गौतमले अभिनय गरेकी थिईन ।
एक महीना अघि गायक खेम सेंचुरीकै गीत “कामी दाईको छोरों” समेत निकै चर्चामा आएको थियो, जून यूटूब भ्यूज २० लाख कटेको छ ।