शहीद दिवसमा आयोजित नाटक कार्यक्रममा ईको क्लब बिजयी
माघ २०, २०८०
1,197 views
1 min read
5
(1)
प्रफुल्ल भण्डारी धरान। पब्लिक माध्यमिक बिधालय फुस्रेका बिधार्थीहरुले शहीद दिवसको अवसर पारेर एकाङकी नाटक कार्यक्रम सम्पन्न गरेका छन ।आफैले लेखेको कथा आफैले अभिनय गरेर नाटक प्रस्तुत गरेका थिए ।स्काउटको भाईबहिनिहरूले स्काउटको काम कर्तव्य महत्व क्षेत्राधिकारहरूको बारेमा प्रस्तुत गरेका थिए। साथमा रेडक्रसको समूहले रेडक्रस कोकाम कर्तव्य रेडक्रसले गर्न सक्ने सहयोग भुमिकाको बारेमा प्रस्तुति दिएका थिए ।त्यसैगरी बालक्लवका भाईबहिनिहरूले बालक्लवले गरेको सहयोग तथा सामाजिक योगदानबारे प्रस्ट पारेका थिए।
प्रतियोगितामा प्रथम भएको ईको क्लवको नाटकमा बाताबरण बन जङ्गल बिनाश सम्बन्धि, बन जङगल बिनास गर्नाले निम्त्याएको प्राकृतिक असर, स्वास्थ जिवनमा पारेको असर, प्रदुषण र बृक्षारोपणले पुर्याएको फाईदाहरूको बारेमा प्रस्तुति रहेको थियो । कार्यक्रममा धरान बन कार्यालयका अधिकृत बिक्रम अमात्यले शुभकामना ब्यक्त गर्दै नाटक मार्फत बन जङ्गल, बाताबरण लगायतका क्षेत्रहरुको संरक्षणमा योगदान दिने धारणा व्यक्त गर्नु भयो।