लोकप्रिय गायक तथा संगीतकार बसन्त थापा को नयाँ लोकदोहोरी गीत “मयाली (म त गल्कोटे ठिटो)” युट्युबमा छोटो समयमा नै लोकप्रिय बन्न सफल भएको छ। यो गीतले छोटो अवधिमा नै लाखौं भ्यूज प्राप्त गरिसकेको छ।
गायक बसन्त थापा भन्छन्, “म हिजो जस्तो त हिजै थिए, म आज जस्तो हुन चाहन्छु, म केही फरक हुन चाहन्छु। गितार नदेखेको बाजे र बाजा ननाचेको नाती बिच भेट गराउन चाहन्छु, नयाँ पुस्तालाई समेट्न चाहन्छु।” यसै सोचका साथ तयार पारिएको यो गीतमा देवी घर्तीको सुमधुर आवाज सुन्न सकिन्छ।
यस गीतमा बसन्त थापा स्वयंले शब्द तथा संगीत दिएका छन् भने एचबीएन किस्मत ले संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका छन्। गीतमा परम्परागत पञ्चे बाजा को स्वाद मिलाइएको छ, जसले नेपाली मौलिक संस्कृतिलाई झल्काउँछ।
भिडियोमा बसन्त थापा र लक्ष्मी थापा मगर को अभिनय रहेको छ। नृत्यमा सुनिला घर्ती मगर, सिलसिला घर्ती मगर, संगीता घर्ती मगर, बिश्व घर्ती मगर लगायतका कलाकारहरू देख्न सकिन्छ। भिडियोलाई एकिन्द्र सराशंकर ले निर्देशन तथा कोरियोग्राफी गरेका छन् भने छायांकन नवराज उप्रेती ले गरेका छन्।
यो गीत युट्युबमा सार्वजनिक भएसँगै दर्शक तथा स्रोताहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। बसन्त थापा को लोकदोहोरी शैलीमा गहिरो प्रभाव राख्ने यस गीतले छोटो समयमा नै चर्चा बटुल्ने अपेक्षा गरिएको छ।