मायालु इन्टरटेन्मेन्ट्सले नयाँ लोकप्रेमी गीत ‘लाली जोवन’ युट्युबमार्फत सार्वजनिक गरेको छ। विष्णु सापकोटा र देवी घर्तिको सुमधुर स्वरमा सजिएको यस गीतमा शब्द र संगीत तेजस रेग्मी र सापकोटाको संयुक्त सिर्जना रहेको छ। गीतमा परम्परागत लोकधुन र आधुनिक प्रस्तुतीकरणको सुन्दर मिश्रण भेटिन्छ, जसले नेपाली संगीतप्रेमीलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।
गीतको भिडियोमा तेजस रेग्मी, मिस पबी, र विष्णु सापकोटाले अभिनय गरेका छन् भने निर्देशन जेरी भण्डारीले गरेका छन्। अजय रेग्मीले छायांकन गरेको यो भिडियोको सम्पादन अमृत चापागाईंले र रङ संयोजन राजेन्द्र मोक्तानले गरेका हुन्। आकर्षक दृश्य र भावनात्मक अभिनयका कारण भिडियोले छोटो समयमै दर्शकको मन जित्न थालेको छ।

Add comment